काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनको लागि सबै दल एक भएर लाग्नु पर्ने बताउनुभएको छ ।
सोमबार बसेको नव निर्वाचित मधेस प्रदेश सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार मातहतमा अझै पनि प्रहरी नआएको भन्दै गुनासो गर्नुभयो । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेको भए पनि त्यसले पूर्णता पाउन नसकेको राउतले बताउनुभयो ।
उहाँले मधेस प्रदेशले चुनौतीका बिच प्रदेश सभाबाट प्रदेश प्रहरी ऐन, प्रदेश निजामती ऐन लगायतका ऐन बनाएको बताउनुभयो । ऐन पारित गर्न प्रदेश सभामा सबैका रचनात्मक सहयोग भएको भन्दै राउतले धन्यवाद व्यक्त गर्नुभयो ।
देशमा मधेस प्रदेशले मात्र संघीयता टिकाएको समेत राउतले दाबी गर्नुभयो । प्रदेश सांसद एकताबद्ध भएर अगाडि बढे मात्रै संघीयता कार्यान्वयन उहाँले बताउनुभयो ।
