काठमाडौं । प्रतिनिधि सभाका सदस्यद्वय प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मंगलबार आले र राईलाई शपथ गराउनुभएकाे हाे । पारिवारिक कारणले गर्दा आले र राईले अरु सांसद्सँगै शपथ लिन पाउनुभएकाे थिएन ।
आले एकीकृत समाजवादी र राई नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
