काठमाडौं । प्रतिनिधि सभाकाे पहिलाे बैठकमा विभिन्न दलका नेताले सम्बाेधन गर्ने भएका छन् ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा शुक्रबार बसेको सर्वदलीय बैठकमा सदनमा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रतिनिधिलाई बाेल्न दिने सहमति भएकाे हाे ।
दलीय आधारमा समय निर्धारण गरेर बोल्न दिने सहमति भएकाे संसद् सचिवालयले जनाएकाे छ ।
मंसिर ४ गते सम्पन्न चुनावपछि संघीय संसद्काे पहिलाे अधिवेशनकाे पहिलाे बैठक पुस २५ गते बस्दैछ । बैठकमा सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रतिनिधि सभाको बैठकलाई कसरी अगाडि बढाउने लगायत विषयमा छलफल भएकाे बताइएकाे छ ।
