काठमाडाैं । प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ ।
मंसिर ४ गते सम्पन्न चुनावपछि प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएकाे हाे । बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपति कार्यालयबाट अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाउनुभएकाे छ ।
