काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई ठिक ढङ्गले अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य ओलीले राष्ट्रिय संस्कृतिको समग्रतामा रक्षा गर्नु पर्ने बताउनुभयो । नेपालको सामाजिक उन्नति संस्कृतिको रक्षा र संवर्द्धन गर्न जरुरी रहेको ओलीले प्रष्ट पार्नुभयो । ‘संस्कृति बिर्सियो भने, सामाजिक मूल्य मान्यता बिर्सियो भने समाज समाज रहँदैन’, ओलीले भन्नुभयो ।
देशको अर्थतन्त्र अहिले निक्कै कमजोर भएको ओलीले बताउनुभयो । धेरै वर्ष पछि देशको राजश्व असुली ऋणात्मक भएको उहाँले बताउनुभयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिँदै सरकारका समक्ष धेरै चुनौती रहेको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई चुनौती छन् भन्ने कुरा नबिर्सन आग्रह गर्नुभयो । ‘सहज परिस्थिति छैन’, ओलीले भन्नुभयो ।
व्यक्तिको मान सम्मानको लागि होइन देशमा उन्नतिको लागि सरकार बनाउनु पर्ने उहाँले बताउनुभयो । सकार काम गर्नका लागि बन्नु पर्ने ओलीले बताउनुभयो ।
