काठमाडौं । प्रतिनिधि सभाको सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि सात जना सांसद् मनोनित गरिएको छ ।
साेमबारदेखि सुरु भएकाे प्रतिनिधि सभाकाे पहिलाे अधिवेशनकाे पहिलाे बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले विभिन्न दलका ७ जना सांसद्लाई मनाेनित गरिएकाे जानकारी दिनुभयाे ।
ईश्वरी न्यौपाने, डा. चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशीला श्रीपाली ठकुरीलाई मनाेनित गरिएकाे जबराले बताउनुभयाे । उहाँहरुले सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्नुहुनेछ ।
