काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन राष्ट्र, राष्ट्रियता र स्वाभिमानको पक्षमा उभिने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य ओलीले यो कुरा भन्ने कुनै पनि नेपाली हिचकिचाउनु नपर्ने बताउनुभएको छ । देश र जनताको हितको पक्षमा सरकार लाग्ने उहाँले प्रष्ट पार्नुभयो । ‘के गर्दा प्रचार हुन्छ होइन, के गर्दा उपलब्धि हुन्छ त्यता लाग्नु पर्दछ’, ओलीले भन्नुभयो ।
ओलीले सांसदहरू जनताका प्रतिनिधिको रूपमा स्थापित हुनु पर्ने बताउनुभयो । प्रतिनिधि सभाका हरेक सदस्यले परिपक्व सांसदको भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनताल विश्वास गर्ने गरी काम गर्नुपर्नेमा ओलीले जाड दिनुभयो ।
