काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाट सरकार ढल्नु प्रतिगमन नभएको बताउनु भएको छ ।
संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले संसद्बाट सरकार ढल्नु र बन्नु कुनै प्रतिगमन नभएको बताउनु भएको छ ।
‘एक ताका नेपालमा बढो हल्ला चलाइयो । संसद् विघटन प्रतिगमन हो भनि । भनेपछि बेलायतमा त धेरै भएछ । अस्ति सम्म पनि भएको रहेछ ।’ उहाँले भन्नुभयो– ‘जनता माझबाट जनतामा आएर संसद्बाट जनता माझ जानु प्रतिगमन होइन । संसद्बाट सरकार बन्नु र ढल्नु प्रतिगमनकारी होइन । अनेन्त्रबाट सरकार बन्नु प्रतिगमन हो ।’
हालको सरकार नेपालको स्वभिमान, स्वाधिनता र राष्ट्रिय हितका पक्षमा उभिने बताउँदै सरकार नेपाल र नेपालीका पक्षमा उभिन्छ भन्न हिचकिचाउन नहुने उहाँले बताउनु भयाे ।
‘यो सरकार जनताको लागि हो । जनताको सरकार हो । हामीले पहिले तराईमा शितलहर सुरु हुन भन्दा पहिल्यै ज्याकेट र तातो लुगा बाढ्थ्यौं । हाल पनि सरकारकाे त्यता ध्यान जाओस् ध्यानाकर्षण गराउन चाहान्छु ’ ओलीले भन्नुभयो ।
