काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सांसद् र नेताहरुको काम सधैं गोटि चालाचालमा बित्यो भने देश विकास नहुने बताउनु भएको छ ।
संसद्को पहिलो बैठकमा सम्बोधन गर्दै ओलीले भन्नुभयो– ‘सांसद र नेताहरुको काम सधैं गोटि चालाचाल भयो भने देश कसरी विकास हुन्छ । त्यसैले लेट्स वाक टुगेदर । देशका लागि सँगै काम गरौं । बन्न पाएको छैन विगार्न तिर लाग्दा समय वर्वाद हुन्छ ।’
देशमा काम गर्न निकै बाँकि रहेको बताउँदै उहाँले भन्नु भयो– ‘देशमा धेरै समस्या छन् । भूमीको समस्या, द्धन्द्ध पिडितका समस्या आलै छन् । यी सबै समस्याको समाधान गर्नु छ ।’
‘मानिस गोली ज्यानमा बोकेर बसेका छन् । हामीले आन्दोलन विर्सिसकेका छैनौं । अहिले पनि देशमा टुहुरा–टुहुरी, असक्त, एकल महिला समस्यामा छन् ।’ उहाँले भन्नुभयो– ‘अब सरकारले सरकारको मिनिमम कार्यक्रम ल्याउँदै छ । यसको काम गरौं । हामीले विधिवत् ढंगले गाइडलाइन न्युनतम साझा कार्यक्रम ल्याएर समस्याका समाधन गर्ने कार्यक्र अघि बढाएका छौं ।’
