काठमाडाैं । जसपा संसदीय दलका नेता रामरायप्रसाद यादव नागरिकता विधेयक तत्काल अगाडि बढाउनुपर्ने बताउनुभएकाे छ ।
साेमबारदेखि सुरु भएकाे प्रतिनिधि सभा बैठककाे पहिलाे अधिवेशनकाे पहिलाे बैठकलाई सम्बाेधन गर्दै यादवले भन्नुभयाे - 'एक महिना हाेइन, तुरुन्त नागरिकता विधेयक पारित गरेर अनागरिक नेपाली नागरिकलाई नागरिक बनाउने काम गराैं ।'
धेरै नेपाली नागरिक अनागरिक भएर बसेकाे अवस्था रहेकाे उहाँले बताउनुभयाे । 'जन्मसिद्धका नागरिकले नागरिकता पाएका छैनन्,कैयाैं आत्महत्या गर्ने अवस्थामा छन्,नागरिकता विधेयक तत्काल अगाडि बढाउनुपर्छ'- उहाँले भन्नुभयाे ।
संघीयताकाे सफल कार्यान्वयका लागि काम गर्ने भन्दै उहाँले प्रदेशलाई कमजाेर बनाउने काम नगर्न सचेत गराउनुभयाे । वर्तमान सरकारले संघीयता कार्यान्वयनका लागि प्रतिबद्धता जनाएकाे र त्याे सकारात्मक रहेकाे नेता यादवले बताउनुभयाे । प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग पनि उहाँले गर्नुभयाे ।
