काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल नयाँ निर्वाचनले देशलाई नयाँ जनादेश दिएको बताउनु भएको छ ।
संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले जनताले जनप्रतिनिधि, संसद् र सरकारबाट ठूलो आश गरेको बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै नेपालले भन्नुभयो– ‘सबैले महशुस गर्ने, जनताले परिर्वतन आभाष गर्ने गरि देखिने काम गर्नुहोस् । मुखले बोलर भन्दा काम गरेर परिर्वतन देखाउनुस् ।’
छिनछिनमा सरकार परिर्वतन गर्न नहुने बताउँदै संविधानलाई मिच्ने नभएर पालना गरेर प्रधानमन्त्री हिड्नु पर्ने उहाँले भन्नुभयो ।
