काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्द्रकान्त (सीके) राउतले नयाँ दलका नेताहरूमा आवेग मात्र होइन त्यतिकै सम्मान पनि रहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै जनमत पार्टी संसदीय दलका नेता समेत रहनुभएका राउतले अफूहरु भित्र देखिएको आवेगले जनताको हितमा काम गर्ने ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘हामी भित्र देखिएको आवेग जनताको परिवर्तनको आवेग मात्र हो’, उहाँले भन्नुभयो ।
विश्वमा गणतन्त्रको परिकल्पा नै नगरिएको बेला नेपालमा गणतान्त्रिक शासन रहेको उहाँले बताउनुभयो । पछि त्यो व्यवस्था खोसेर दरबारले लिएको राउतले बताउनुभयो । गणतान्त्रिक व्यवस्था प्रति आफ्नो पार्टीको ठुलो आस्था र विश्वास रहेको उहाँले बताउनुभयो । ‘गणतन्त्र हाम्रो लागि नयाँ व्यवस्था होइन’,उहाँले भन्नुभयो ।
लोकतन्त्र र गणतन्त्र प्रति आफूहरू पूर्ण प्रतिबद्ध रहेको उहाँले प्रष्ट पार्नुभयो ।
