काठमाडाैं। प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठले टिकापुर घटना बन्द कोठा भित्र भएको घटना नभएको बताउनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलकी नेता समेत रहनुभएकी श्रेष्ठले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै टिकापुर घटनामा रेशम चौधरीलाई झुटो मुद्दा लगाएको बताउनुभयो । राज्यले रेशम चौधरी र अन्य थारुहरूलाई झुटा मुद्दामा जेलमा राखिएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘हाम्रो देशको कानुन त केवल थारुलाई मात्र लाग्ने रहेछ’, श्रेष्ठले भन्नुभयो ।
टिकापुर घटनामा कसले कसलाई मार्यो भन्ने कुरा देख्ने सयौँ आँखा भएको उहाँले प्रष्ट पार्नुभयो । टिकापुर घटनाको यथार्थ फरक भएको उहाँले बताउनुभयो ।
रेशम चौधरी निर्दोष भनेर सबै नेताहरूले भनेको उहाँले बताउनुभयो । उहाँले सबैले निर्दोष भनिएका व्यक्तिलाई किन जेलमा थुनी राखेको भन्दै प्रश्न गर्नुभयो ।
