काठमाडाैं । संघीय संसद् सचिवालयको प्रवक्ताको जिम्मेवारी सहसचिव एकराम गिरीलाई दिइएकाे छ ।
गिरीलाई साेमबार सचिवालयकाे प्रवक्ताकाे जिम्मेवारी दिइएकाे हाे । यसअघिका प्रवक्ता राेजनाथ पाण्डे सचिवमा बढुवा भएपछि गिरीले प्रवक्ताकाे जिम्मेवारी पाउनुभएकाे हाे ।
मंसिर ४ गते सम्पन्न चुनावपछि संघीय संसद्काे पहिलाे अधिवेशन आजदेखि सुरु भएकाे छ ।
