काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजे बस्ने पहिलाे अधिवेशनकाे दाेस्राे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुहुने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । नेकपा एमालेकाे पहलमा प्रचण्ड तेस्राे पटक प्रधानमन्त्री बन्नुभएकाे थियाे ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलको बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रचण्डले पुस ११ गते शपथ लिनुभएको थियो ।
प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र ३ स्वतन्त्र ३ सांसद्को समर्थन छ । जसपा, राप्रपा र नागरिक उन्मुक्ति भने सरकार सहभागी भइसकेका छैनन् ।
