काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशेको विकास र समृद्धिको लागि सिङ्गो देश एक ठाउँमा उभिनु पर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्री काल अनुभवको कमी र घेराबन्दीको बिचमा राजीनामा दिनुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।
दोस्रो प्रधानमन्त्री कालमा केही काम गर्न सकेको उहाँले बताउनुभयो । दोस्रो कार्यकालमा राजनीतिक सहमतिलाई आफूले इमानदारिताको साथ पूरा गरेको प्रचण्डले बताउनुभयो ।
उहाँले यस पटक इमानदारिताका साथ विगतको समीक्षा गर्दै काम गर्ने प्रचण्डले बताउनुभयो । उहाँले राजनीति दल र नेताहरूमा काहीँ न काहीँ कमजोरी भएको कुरालाई आफूले स्विकारेको प्रचण्डले बताउनुभयो । ‘म यस पटक फरक संकल्पको साथ प्रधानमन्त्री भएको छु’, प्रचण्डले भन्नुभयो ।
प्रचण्डले सरकारका न्यूनतम कार्यक्रममा गठबन्धन दल बिच सहमति भइसकेको सरकार सोही कार्यक्रम अनुसार अघि बढ्ने बताउनुभयो । देश आर्थिक अनुकूलता नभएको अवस्थामा सम्हालिएर अघि बढ्न आवश्यक रहेको प्रचण्डले बताउनुभयो ।
उहाँले पूर्वाधार निर्माणकाे काम चाैबिसै घण्टा सञ्चालन गरिने बताउनुभयो । सरकारले दिगोपनाका लागि काम गर्ने उहाँले प्रट पार्नुभयो ।
आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । यस पटक सिङ्गो देश नै एक ठाउँमा उभिएर नेपालले विश्वलाई सन्देश दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
