काठमाडाैं । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वासकाे मत दिने बताएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस तर्फ कटाक्ष गर्दै कांग्रेसले चिया कार्पेटमा नपाेखेर कपमै हालेकाे बताउनु भएकाे छ ।
प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले भन्नुभयाे- ‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेर कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया दिएको छ ।’
सरकारलाई विश्सासको मत दिने कांग्रेसको निर्णय संसदीय इतिहासमा नयाँ भाष्य निर्माण भएकाे ओलीले बताउनु भएकाे छ । प्रतिपक्षले विश्वासकाे मत दिने निर्णय गरेर कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय इतिहासमा नयाँ भाष्य निर्माण गर्नुभएकाे र इतिहासमा यसबारे छलफल हुने उहाँले बताउनु भएकाे छ ।
‘कांग्रेसले प्रचण्डलाई दुई वर्षपछि त विश्वासको मत दिन्छु भनेकै थियो । अहिले दुई वर्षअघि दिँदा के नै बिग्रिन्छ र' उहाँले भन्नुभयाे - 'म कांग्रेसलाई धन्यवाद दिन चाहन्छु ।’
