काठमाडौं । प्रतिनिधि सभा सदस्य अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा समक्ष गर्नुभएका प्रतिबद्धता देश जनताको हितमा रहेका बताउनुभएका छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीका प्रतिबद्धता देश विकासको लागि लागु गर्नै पर्ने बताउनुभयो । ‘हामीले कार्यान्वयनमा लग्नै पर्ने कुरा छन्’, राईले भन्नुभयो ।
राईले संघीयतालाई कार्यान्वयनमा लैजानको लागि अझै धरै काम गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै कर्मचारीतन्त्रलाई प्रक्रियामुखी बनाउँदा बजेट अनुसारको काम पनि हुन नसकेको बताउनुभयो ।
राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै अघि बढाउनु पर्ने आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । त्यो काम प्रचण्डबाट हुनसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
