काठमाडाैं । राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभामा देखिएकाे दृश्य निक्कै डरलाग्दाे रहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएकाे विश्वासकाे मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै केसीले प्रमुख प्रतिपक्षीले पनि सरकारलाई समर्थन गर्नु डरलाग्दाे भृकाे बताउनुभयाे ।
बलियाे प्रतिपक्ष नभए सरकार निरकुंश हुने उहाँले बताउनुभयाे । अध्यक्ष केसीले भन्नुभयाे - 'संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ,नेपालमा त आज विचित्र के भयाे भने भएभरिका सरकारमा सामेल हुने,सरकारलाई समर्थन गर्ने भएपछि सत्ता पक्षमा बस्नेलाई यहाँ भन्दा आनन्द के हाेला ? याे कुन किसिमकाे समर्थन हाे मैले बुझ्नै सकेकाे छैन ।'
आजकाे दृश्यले सरकार ढल्ने र बन्ने श्रृंखला फेरि दाेहाेरिने खतरा रहेकाे केसीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सबै साथी सरकारमा सामेल भएर विगतमा भएका कमीकमजाेरी ढाक्ने र त्यहिँभित्र लडेर एउटालाई पन्छाउने र अर्काे फेरि सरकारमा आउने चाल त हाेइन याे ? यसरी सरकार चल्छ ? देश बन्छ ? आज जुन दृश्य देखियाे याे निक्कै डरलाग्दाे दृश्य हाे ।'
यसाे गर्छु र उसाे गर्छु भनेर धेरै प्रधानमन्त्रीका फेहरिस्त सुनिएकाे भन्दै उहाँले ती कार्यान्वयन नहुने बताउनुभयाे ।
