काठमाडौं । प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठले टिकापुर घटनाका बन्दीहरू जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेष्ठले सरकारलाई समर्थन गरे पनि सो प्रतिपक्षमा नै बस्ने बताउनुभएको छ । तर आफ्नो पार्टी सत्ता गठबन्धनमा नै रहेको उहाँले प्रष्ट पार्नुभयो ।
सो पार्टीलाई सरकारमा जान भने छेकबार रहेको उहाँले बताउनुभयो । सम्पूर्ण थारु राजबन्दीलाई रिहाइ नगरेसम्म आफूहरू सरकारमा नजाने उहाँले प्रष्ट पार्नुभयो । ‘हामीलाई दया होइन, न्याय चाहिएको छ’, उहाँले भन्नुभयो ।
