काठमाडाैं । स्वतन्त्र सांसद् प्रभु साहले नेपाली जनताले एकता खाेजिरहेका बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएकाे विश्वासकाे मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद् साहले नेपाली जनताले देशमा एकता र विकास खाेजिरहेका बताउनुभयाे ।
राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रधानमन्त्री प्रचण्ड नै उपयुक्त पात्र भएकाे उहाँले बताउनुभयाे । प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डलाई अद्भूद समर्थन देखा परेकाे उहाँले बताउनुभयाे । सबै दललाई एक ठाउँमा ल्याउन सक्नु र अद्भूत समर्थन पाउनु संसदीय अभ्यासमा एेतिहासिक भएकाे सांसद् साहकाे भनाइ छ ।
यसबाट नेपाली जनता समेत उत्साहित हुने विश्वास उहाँले व्यक्त गर्नुभयाे । कुनै मुठ्ठिभरका व्यक्तिबाट मात्र देश नचल्ने भन्दै उहाँले नेपाली जनता उत्साहित भएर साथ दिए नेपाल बन्ने बताउनुभयाे । विविधताले भरिएकाे नेपाललाई एकतामा जाेड्न सक्ने व्यक्तित्व प्रचण्ड मात्रै भएकाे सांसद् साहले बताउनुभयाे ।
