काठमाडाैं । राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत नदिने भएका छन् ।
मंगलबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएकाे विश्वासकाे मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै नेमकिपा र जनमाेर्चाले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने बताएका हुन् ।
बैठकमा बाेल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नाे पार्टी एक्लै भएपनि प्रतिपक्षमा बस्ने बताउनुभयाे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि सरकारमा जानु डरलाग्दाे दृश्य भएकाे उहाँकाे भनाइ थियाे ।
नेमकिपाका सांसद् प्रेम सुवालले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताउनुभयाे ।
