काठमाडाैं । प्रतिनिधि सभाकाे सभामुख चयन गर्नका लागि माघ ५ गते निर्वाचन हुने भएकाे ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सभामुखकाे निर्वाचन आगामी माघ ५ गते हुने जानकारी दिनुभएकाे हाे ।
त्यसका लागि माघ ३ गते सभामुख पदको निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उहाँले निर्देशन दिनुभयाे । सभामुख चयन नहुँदासम्मका लागि जबराले नै प्रतिनिधि सभा बैठककाे अध्यक्षता गर्दै आउनुभएकाे छ ।
प्रतिनिधि सभाकाे अर्काे बैठक बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ । मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ । २७० सांसद् उपस्थित भएकाेमा प्रचण्डलाई २ सय ६८ सांसद्ले विश्वासकाे मत दिएका छन् ।
