काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदैछ ।
सभामुख चयनका लागि आज दिउँसो १ बजे प्रदेश सभा भवनमा मतदान हुने कार्यक्रम तय भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
सुदूरपश्चिम प्रदेशको सभामुख पदमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारीको प्रस्तावकमा एमालेकी सांसद् जानकी बम ऐर र समर्थकमा माओवादीकी सांसद् गीता माल हुनुहुन्छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुख निर्वाचित हुन कम्तीमा २७ मत चाहिन्छ ।
