काठमाडौं । प्रदेश सभा १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।
बिहीबार बसेको प्रदेश सभा बैठकमा सभाका ज्येष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । सभामुखका लागि गौतमको मात्र उम्मेदवारी परेको थियो ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार मुख्यमन्त्री एमालेले लिएपछि सभामुख माओवादी केन्द्रलाई छाडेको हो । गौतम ओखलढुङ्गाको प्रदेश सभा ख बाट निर्वाचित हुनुभएको हो । सभामुखको लागि नेपाली कांग्रेसले उम्मेदवारी नै दर्ता गराएन ।
