काठमाडाैं । प्रदेश-१ काे प्रदेश सभाका नवनिर्वाचित सभामुख बाबुराम गौतमले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ ।
सभामुख गाैतमलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनुभएकाे हाे । माओवादी केन्द्रका गाैतमलाई सत्ता साझेदासँगै प्रतिपक्षी सांसद्ले पनि समर्थन गरेका छन् ।
सभामुखका लागि एकल उम्मेदवारी परेपछि गाैतम बिहीबार नै निर्विराेध निर्वाचित हुनुभएकाे थियाे । बिहीबार बसेकाे प्रदेश सभाकाे बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले सभामुखमा एकल उम्मेदवारी परेकाले गाैतम निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएकाे थियाे ।
मंसिर ४ गते सम्पन्न चुनावमा गाैतम ओखलढुंगा (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
