काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिनुहुने भएकाे छ ।
आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । संविधानको धारा १६८ (२) अनुसार अधिकारी पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
एमालेका २२, माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसद्काे समर्थन छ । मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गर्नुभएकाे नेपाल एकीकृत समाजवादीमा प्रवेश गर्नुभएका स्वतन्त्र सांसद राजीव गुरु (दीपक) ले विश्वासकाे मत नदिने घाेषणा गरिसक्नुभएकाे छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा ३१ जना सांसद् भए बहुमत पुग्छ । अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।
