काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसाे १ बजे बस्न लागेकाे हाे । बैठकका लागि एउटा मात्रै कार्यसूची ताेकिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा संघीयता कार्यान्वय अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयाेजक खिमलाल देवकोटाले संघीयता कार्यान्वय अध्ययन तथा अनुगमन संसदीय विशेष समितिकाे प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरु पेस गर्नुहुने कार्यसूची छ ।
