काठमाडाैं । संघीयता कार्यान्वय अध्ययन तथा अनुगमन संसदीय विशेष समितिकाे प्रतिवेदन राष्ट्रिय सभामा पेस भएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकमा समितिका संयाेजक सांसद् खिमलाल देवकोटाले संघीयता कार्यान्वय अध्ययन तथा अनुगमन संसदीय विशेष समितिकाे प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरु पेस गर्नुभएकाे हाे ।
समितिले प्रधानमन्त्रीको अध्यक्षतामा ‘उच्चस्तरीय प्रशासन सुधार आयोग’ गठन गर्न सरकारलाई सिफारिस गरेको छ । स्थानीय तहको प्रमुख पदाधिकारी पदमा महिलाको सहभागिता सुनिश्चित हुनेगरी कानुन संशोधन गर्न पनि समितिले सरकारलाई सिफारिस गरेको छ ।
