काठमाडौं । प्रदेश १ को उपसभामुख पदको लागि दुईजनाको उम्मेदवारी परेको छ ।
सो पदको लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी सिर्जना दनुवारले उम्मेदवारी दर्ता गराउनुभएको छ । भने प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसबाट लीला राईले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँहरू दुवै जना उदयपुरकै हुनुहुन्छ । दुवै जना समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो ।
उपसभामुखका लागि पुस ३० गते ११ बजे प्रदेश सभामा मतदान हुँदै छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले सभामुख लिएको प्रदेश १ मा उपसभामुख एमालेको भागमा परेको छ । मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की र सभामुखमा माअोवादीका बाबुराम गौतम चयन भइसक्नु भएको छ ।
९३ सांसद रहेको प्रदेश १ मा सत्ता गठबन्धनमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका पाँच र जसपाका एक प्रदेश सभा सदस्य छन् ।
