काठमाडाैं । प्रदेश-१ काे उपसभामुखमा सिर्जना दनुवार निर्वाचित हुनुभएकाे छ ।
शनिबार बसेकाे प्रदेश-१ काे प्रदेश सभा बैठकमा भएकाे मतदानबाट दनुवार उपसभामुखमा निर्वाचित हुनुभएकाे हाे । उहाँकाे पक्षमा ५७ मत र विपक्षमा ३३ मत परेकाे छ । ९३ सदस्यीय प्रदेश सभामा सभामुखबाहेक ९० जना सांसद्ले मतदानमा भाग लिएका थिए ।
दनुवार मंसिर ४ गते सम्पन्न चुनावमा उदयपुरबाट समानुपातिकतर्फ प्रदेश सभामा निर्वाचित हुनुभएकाे थियाे । नेपाली कांग्रेसकी लिलाकुमारी राईकाे पक्षमा ३३ मत परेकाे छ ।
यसअघि माओवादी केन्द्रका बाबुराम गौतम सभामुखमा निर्विराेध निर्वाचित हुनुभएकाे थियाे ।
