काठमाडाैं । मधेश प्रदेश सभाको सभामुखमा दुई जनाकाे उम्मेदवारी परेकाे छ ।
सत्ता गठबन्धनबाट नेकपा एमालेका रामचन्द्र मण्डल र प्रतिपक्षी नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराउनुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । सभामुख चयनका लागि माघ २ गते मतदान हुँदैछ ।
कुल १ सय ७ सदस्य रहेकाे मधेश प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा र माओवादीका ९-९ र एकीकृत समाजवादीका ७ सांसद् छन् । संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १-१ जना सांसद छन् । ५ जना स्वतन्त्र सांसद् छन् ।
स्वतन्त्रमध्ये बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद् शारदा शंकर कलवार एमालेमा प्रवेश गरिसक्नुभएकाे छ ।
