काठमाडाैं । प्रदेश-१ का नवनिर्वाचित उपसभामुखमा सिर्जना दनुवारले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ ।
उपसभामुख दनुवारलाई प्रदेश-१ का सभामुख बाबुराम गौतमले शनिबार विराटनगरमा शपथ गराउनुभएकाे हाे । उपसभामुख दनुवारले शपथ लगत्तै पदभार ग्रहण गर्नुभएकाे छ ।
शपथ समाराेहमा प्रदेश-१ प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश मन्त्रिपरिषद्का सदस्य, निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेश सभाका सदस्य लगायतकाे उपस्थिति थियाे ।
शनिबार बसेकाे प्रदेश-१ काे प्रदेश सभा बैठकमा भएकाे मतदानबाट दनुवार ५७ मत ल्याएर उपसभामुखमा निर्वाचित हुनुभएकाे थियाे । दनुवार एमालेबाट समानुपातिकतर्फ निर्वाचित सांसद् हुनुहुन्छ ।
