काठमाडाैं । कर्णाली प्रदेश सभाकाे सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित हुनुभएकाे छ ।
आइतबार बसेकाे कर्णाली प्रदेश सभाकाे बैठकमा भएकाे मतदानबाट गुरुङ सभामुखमा निर्वाचित हुनुभएकाे हाे । गुरुङकाे पक्षमा २४ र विपक्षमा १४ मत परेकाे छ । ४० सदस्यीय प्रदेश सभामा ३८ जनाले सांसद् मात्र उपस्थित भएका थिए ।
एमालेका १०, माओवादी केन्द्रका १३, राप्रपाका १ र एकीकृत समाजवादीका १ जना सांसद्ले मत दिएका छन् ।
सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत मात्र पाउनुभयाे । उहाँलाई कांग्रेस सांसद् मात्रै मत दिएका छन् ।कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १-१ जना र स्वतन्त्र १ जना सांसद् छन् ।
