काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश सभाकाे प्रमुख सचेतकमा कुन्दनराज काफ्ले नियुक्त हुनुभएकाे छ ।
साेमबार कांग्रेस वाग्मती प्रदेश संसदीय दलको बैठकले काफ्लेलाई दलको प्रमुख सचेतकमा नियुक्त गरेको हो । मंसिर ४ गते सम्पन्न चुनावमा काफ्ले दोलाखा १ (क) बाट काफ्ले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
