काठमाडाैं । वाग्मती प्रदेशकाे उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएकाे छ ।
साेमबार बसेकाे वाग्मती प्रदेश सभाकाे बैठकबाट चापागाईं सभामुखमा निर्वाचित हुनुभएकाे हाे । प्रदेश सभामा भएकाे मत विभाजनमा उहाँकाे पक्षमा ६१ र विपक्षमा ३९ मत पर्याे ।
१ सय १० सदस्यीय वाग्मती प्रदेश सभामा आजकाे बैठकमा १ सय ८ सांसद् मतदानमा सहभागी भएका सभामुख भुवन पाठकले जानकारी दिनुभयाे ।
प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद् छन् ।
