काठमाडाैं । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार विश्वासको मत लिँदै हुनुहुन्छ ।
मध्यान्ह साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । पुस २५ गते उहाँ वाग्मतीकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।
१ सय १० सदस्यीय वाग्मती प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलाईल ७० सांसद्ले समर्थन गरेका थिए ।
वाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद् छन् ।
