काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासकाे मत लिँदै हुनुहुन्छ ।
दिउँसाे १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासकाे मत लिन लाग्नुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । उहाँ पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । मुख्यमन्त्री यादवले पुस २९ गते पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे थियाे ।
नेकपा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, माओवादी केन्द्रका ७,राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १-१ तथा स्वतन्त्र सांसद्सहित कुल ६३ जना प्रदेश सभा सदस्यहरुको समर्थनमा जसपाका सांसद् यादव मुख्यमन्त्री बन्नुभएकाे हाे ।
कुल १ सय ७ सदस्य रहेकाे मधेश प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा र माओवादीका ९-९ र एकीकृत समाजवादीका ७ सांसद् छन् । संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १-१ जना सांसद छन् । ५ जना स्वतन्त्र सांसद् छन् ।
स्वतन्त्रमध्ये बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद् शारदा शंकर कलवार एमालेमा प्रवेश गरिसक्नुभएकाे छ ।
