काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा भीम भण्डारी निर्वाचित हुनुभएको छ ।
भण्डारी मंगलबार बिहान तेस्रो पटक भएको निर्वाचनमा सभामुखमा निर्वाचित हुनुभएको हो । यस अघि भएको दुई वटा निर्वाचनमा कुल सदस्यको ५१ प्रतिशत मत कटाउन नसक्दा उहाँ निर्वाचित हुन सक्नु भएको थिएन ।
सत्ता गठबन्धनका भण्डारी माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो । उहाँ बझाङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुन्छ ।
कुल ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीको पक्षमा २९ मत र विपक्षमा भने २३ मत खसेको थियो ।
यसअघि नेपाली कांग्रेसका मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २० मत खसेको थियो । उहाँको विपक्षमा २८ मत परेको थियो ।
