काठमाडाैं । प्रतिनिधि सभाको सभामुख चयन गर्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएकाे छ ।
संघीय संसद् सचिवालयले मंगलबार सभामुख निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेकाे हाे । बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिकामा उल्लेख छ ।
बुधबार अपरान्ह ४ बजे उम्मेदवारकाे सूची प्रकाशन गरिनेछ । बिहीबार बिहान ११ बजे सभामुख चयनका लागि मतदान हुने कार्यतालिकामा उल्लेख छ ।
प्रतिनिधि सभाकाे पहिलाे बैठक प्रारम्भ भएकाे मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । मंसिर ४ काे चुनावपछि प्रतिनिधि सभाकाे पहिलाे अधिवेशनकाे पहिलाे बैठक पुस २५ गते बसेकाे थियाे ।
