काठमाडाैं । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासकाे मत पाउनुभएकाे छ ।
मंगलबार बसेकाे वाग्मती प्रदेश सभाकाे बैठकबाट मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत पाउनुभएकाे हाे । उहाँकाे पक्षमा १ सय ५ मत परेकाे छ ।
नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेपाली कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसद्ले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका छन् । नेककिपाका सांसद्ले मात्र उहाँलाई विश्वासकाे मत दिएनन् ।
जम्कट्टेल पुस २५ गते वाग्मतीकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।
१ सय १० सदस्यीय वाग्मती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद् छन् ।
विश्वासको मत पाएपछि मुख्यमन्त्री जम्मकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुहुने तयारी गर्नुभएकाे छ । हाल प्रदेशको मन्त्रिपरिषद् ३ सदस्यीय छ ।
