काठमाडाैं । सुदूरपश्चिम प्रदेशको उपसभामुखमा नेकपा एमालेकी सांसद् कोइलीदेवी चौधरी निर्वाचित हुनुभएकाे छ ।
मंगलबार बसेकाे प्रदेश सभा बैठकबाट चाैधरी उपसभामुखमा निर्वाचित हुनुभएकाे छ । उहाँकाे पक्षमा २७ मत परेकाे छ । एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका सांसद्ले चाैधरीलाई मत दिएका थिए ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ स्वतन्त्र सांसद् छन् ।
यसअघि आजै बिहान बसेकाे प्रदेश सभा बैठकमा भीमबहादुर भण्डारी सभामुखमा निर्वाचित हुनुभएकाे थियाे ।
