काठमाडाैं । मधेश प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी राउत ईशर निर्वाचित हुनुभएकाे छ ।
मंगलबार बसेकाे प्रदेश सभा बैठकबाट ईशर उपसभामुखमा निर्वाचित हुनुभएकाे हाे । प्रदेश सभा बैठकमा भएकाे मत विभाजनमा उहाँकाे पक्षमा ७२ र विपक्षमा २९ मत परेकाे छ । प्रदेश सभा बैठकमा १०१ जना सांसद् उपस्थित थिए । ईशर समानुपातिक सांसद् हुनुहुन्छ ।
यसअघि मंगलबार नै बसेकाे प्रदेश सभा बैठकमा सभामुखका लागि भएकाे मत विभाजनमा एमालेका रामचन्द्र मण्डल निर्वाचित हुनुभएकाे थियाे ।
कुल १ सय ७ सदस्य रहेकाे मधेश प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा र माओवादीका ९-९ र एकीकृत समाजवादीका ७ सांसद् छन् । संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १-१ जना सांसद छन् । ५ जना स्वतन्त्र सांसद् छन् ।
स्वतन्त्रमध्ये बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद् शारदा शंकर कलवार एमालेमा प्रवेश गरिसक्नुभएकाे छ ।
