काठमाडौं । प्रतिनिधि सभाको सभामुखका लागि आजबाट उम्मेदवारी दर्ता हुँदै छ ।
संसद् सचिवालयले जारी गरेको कार्यतालीका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहको छ । आजै दिउँसो ४ः१५ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
ती नाम बिहीबार बिहान बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिने छ । एक जनाको मात्र मनोनयन परेमा सभामुख चयन निर्विरोध हुनेछ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतले निर्वाचित गर्ने छ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ मत आवश्यक पर्ने छ ।
सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेले देवराज घिमिरेलाई अघि सार्ने तयारी भइरहेको छ । कांग्रेससँग पनि सभामुख र राष्ट्रपतिको लागि छलफल गर्न सकिने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएपछि गठबन्धनका दलमा केही चिसोपन बढेको छ ।
