काठमाडौं । सुदूरपश्चिम प्रदेशको उपसभामुख कोइलीदेवी चौधरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
चौधरीले बिहान ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । उहाँ उपसभामुख पदमा मंगलबार निर्वाचित हुनुभएको हो ।
चौधरीलाई सभामुख भीम भण्डारीले प्रदेश प्रमुख देवराज जोशीको उपस्थितमा प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा तीन पटकको प्रयास पछि हिजो नै माओवादीका भीम भण्डारी सभामुखमा निर्वाचित हुनुभएको हो । उपसभामुख चौधरी एमालेबाट निर्वाचित हुनुभएको हो ।
