काठमाडौं । नेकपा एमालेका देवराज घिमिरेले केही बेरपछि प्रतिनिधि सभा सचिवालयमा पुगेर सभामुख पदका लागि उम्मेदवारी दिँदै हुनुहुन्छ । उहाँको प्रस्तावकमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ हुनुहुन्छ भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन हुनुहुन्छ । त्यसैगरी माओवादीका एक सांसद्लाई पनि समर्थक राखिन लागेको जानकारी प्राप्त भएको छ ।
सभामुख पदका लागि आज अपरान्ह चार बजेसम्म उम्मेदवारी दिने समय रहेको छ ।
