काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको हो । उहाँले बुधबार दिउँसाे उम्मेदवारी दर्ता गराउनुभएको हो ।
घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ हुनुहुन्छ । घिमिरेकाे समर्थकमा माओवादी केन्द्रका सांसद् हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन हुनुहुन्छ ।
एमाले प्रदेश नम्बर-१ का इञ्चार्ज समेत रहनुभएका घिमिरे बाैद्धिक र सालिन नेता मानिनुहुन्छ ।
सभामुखको लागि नेपाली कांग्रेसले पनि छुट्टै उम्मेदवारी दिने तयारी गरिरहेको छ । प्रतिनिधि सभाकाे सभामुखका लागि आज दिउँसाे १ बजेदेखि अपरान्ह ४ बजेसम्मकाे समय ताेकिएकाे छ ।
बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख चयनका लागि मतदान हुनेछ ।
