काठमाडाैं । प्रतिनिधि सभाको सभामुखका उम्मेदवार देवराज घिमिरेले प्रतिनिधि सभालाई प्रभावकारी बनाएर लैजाने याेजना रहेकाे बताउनुभएकाे छ ।
सत्ता गठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् घिमिरेले आफू निर्वाचित भए सबैलाई समेटेर सहमतिसाथ अगाडि बढ्ने बताउनुभयाे । आफूले तटस्थ र निष्पक्ष भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयाे ।
विधि र प्रक्रिया अनुसार अघि बढ्ने र विगतका अनुभवबाट समेत शिक्षा लिएर काम गर्ने पनि घिमिरेले बताउनुभयाे । आफू सभामुखकाे जिम्मेवारीमा पुग्ने निश्चित भएकाे पनि उहाँले बताउनुभयाे ।
घिमिरेले भन्नुभयाे - 'म सभामुख हुने कुरा निश्चित छ, यो दलबाट विजयी बनेर होइन, सिंगाे प्रतिनिधि सभाबाट विजयी भएर जाने हो, प्रतिनिधि सभाबाट विजयी भएपछि सभामुखले खेल्ने भूमिकामा कमी हुन दिन्नँ, विगतबाट शिक्षा लिँदै आउँदा दिनमा प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।'
