काठमाडाैं । सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख कोइलीदेवी चौधरीले शपथ ग्रहण गर्नुभएकाे छ ।
सभामुख चाैधरीले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे । मंगलबार बसेकाे प्रदेश सभा बैठकबाट उपसभामुखमा निर्वाचित हुनुभएकी चाैधरीलाई सभामुख भीम भण्डारीले शपथ गराउनुभएकाे हाे ।
चौधरी नेकपा एमालेका तर्फबाट उपसभामुख बन्नुभएकाे हाे । उहाँ कैलालीबाट समानुपातिकतर्फ निर्वाचित सांसद् हुनुहुन्छ । भण्डारी माओवादीबाट सभामुख बन्नुभएकाे हाे ।
