काठमाडाैं । कर्णाली प्रदेश सभाको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित हुनुभएकाे छ ।
बुधबार बसेकाे प्रदेश सभा बैठकबाट न्याैपाने उपसभामुखमा निर्वाचित हुनुभएकाे हाे । प्रदेश सभामा भएकाे मत विभाजनमा ३८ जना सांसद् सहभागी भएकामा न्याैपानेकाे पक्षमा २४ र विपक्षमा १४ मत परेकाे छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा उपसभामुखमा निर्वाचित हुन २१ मत चाहिनेमा न्याैपानेकाे पक्षमा २४ मत परेकाे हाे । कर्णालीकाे सभामुखमा नेकपा एमालेली नन्दा गुरुङ निर्वचित भइसक्नुभएकाे छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १-१ जना र स्वतन्त्र १ जना सांसद् छन् ।
